नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

पुस २२ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।
संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए । यसअघि गत १८ पुस आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गर्दै भोलि (बिहीबार)का लागि सारिएको थियो ।
नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै आइतबारको बैठक स्थगित गर्न माग गरेको थियो । बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचना :

