शेखर कोइरालाले गरे देउवालाई यस्तो प्रश्न

केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ?

नेपाली काँग्रेस नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न गरेका छन् । आज (बुधबार) एक अपिल जारी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताएका छन् । अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।



उनले भने, ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं ।’ त्यस्तै उनको चार बुँदे अपिलमा भनेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’ भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।

 

 

सम्बन्धित समाचार