मन्त्री आलेको प्रश्न – राजाको सम्पत्ति ब्यापारीलाई बाँड्न गणतन्त्र ल्याएको हो ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला एक्सनको लागि स्याबासी दिएका छन् । मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अडान लिएपछि प्रधानमन्त्रीले ‘स्याबास’ भनेका हुन् ।

आलेले मौखिक आदेशबाट नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया निर्माणको कार्य रोकिएको छ । मन्त्रिपरिषद बैठकमा आलेले मन्त्रिपरिषद बैठकबाट हुने कुरा बाहेक मन्त्रीस्तरबाटै निर्णय गरेर सार्वजनिक सम्पत्तिहरुको संरक्षणका कदम चाल्ने जानकारी गराएका थिए । ‘गणतन्त्र ल्याएको राजाका करोडौका सम्पत्ति कौडीको भाउमा व्यापारीलाई दिनको लागि हो ?’ भन्दै मन्त्री आलेले प्रश्न गरेका थिए ।



अरु मन्त्रीले पनि उनका पछिल्ला कदमको प्रशंसा गरेका थिए । आलेले पर्यटन बोर्डका सिइओ हटाउन छानविन समिति गठन गरेका छन् ।

सम्बन्धित समाचार