राष्ट्रिय सभा निर्वाचन गठबन्धनका लागि अन्तिम सहकार्य हो, निर्वाचनमा कांग्रेस एक्लै लड्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई एक ढिक्का बनाएर सञ्चालन गर्नमा चुक्न थालेको बताएका छन् । आज काठमाडौंमा भएको शेखर कोइराला समूहको समीक्षात्मक छलफलमा बोल्दै महामन्त्री थापाले सभापति देउवा आफूहरूको अपेक्षाविपरीत अघि बढेको बताए ।

देउवाले १४औँ महाधिवेशनबाट ४० प्रतिशत जनमत पाएको शेखर समूहलाई पाखा लगाउन थालेको उनको भनाइ छ । सम्बोधनका क्रममा महामन्त्री थापाले सभापति देउवाले पार्टीको विधि र विधानअनुरूप नचल्ने संकेत देखाएको बताए ।



थापाले कांग्रेसका लागि राष्ट्रिय सभाको निर्वाचनमा भएको सत्तारूढ दलहरूको गठबन्धन अन्तिम भएको पनि बताए । चुनावसम्म सत्ता गठबन्धन भएपनि चुनावमा भने कांग्रेस पार्टी एक्लै भिडेर देशको पहिलो पार्टी बनाउने उनको जिकिर छ ।

सम्बन्धित समाचार