नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।
भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ । ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो।
दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा २० हजार ४५२ जना निको भएका छन् भने ६० जना संक्रमितको मृत्यु भएको छ ।
अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ । नेपालमा खुल्ला सीमा रहेकोले भारतमा तेस्रो लहरको असर यहाँ पनि पर्नेमा विज्ञहरुले सचेत गराएका छन् ।