कांग्रेसका महामन्त्रीले नै गरे एमसीसीको विरोध

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरू कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। झापाको मेचीनगरमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले बुधबार अयोजना गरेको कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका सन्दर्भमा उक्त धारणा सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका उनकै पार्टीका सभापति शेरबहादुर देउवाले ‘सित्तैमा आएको सहयोग’ लिइहाल्नुपर्ने बताइरहेका बेला महामन्त्री शर्माले फरक विचार व्यक्त गरेका हुन्।



‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन’, उनले एमसिसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद भइरहेको सन्दर्भमा भने, ‘कसैको सैन्य र अरू कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन। एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिनेछ।’

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्‍याउने गरेकोसमेत चर्चा गरेका थिए।

सम्बन्धित समाचार