साढे ३३ किलो सुन तस्करी प्रकरण: शाक्य हत्या आरोपी उप्रेतीको थुनछेक बहस आज

साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस आज हुँदैछ। सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षीय रमेश हिजो ढिलोगरी मात्रै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए। उप्रेतीको आज मात्रै थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।

युएई बस्दै आएका उप्रेती मंगलबार नेपाल आउँदा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले उनलाई बुधबार दिउँसो विराटनगर पुर्‍याएको थियो। गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए।



यसअघि थुनछेक बहसपछि उनी ३ लाख धरौटी बुझाएर छुटेका थिए।

सम्बन्धित समाचार