नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।
नेपाली बजारमा विहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा विहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
विहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । विहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो ।