नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको छ । आज (बिहीबार) सर्वोच्चले एक सूचना जारी गर्दै बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने जनाएको हो ।
अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको सूचनामा भनिएको छ । त्यस्तै सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजेअगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
‘सोही कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरूमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न’ अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना :

