नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय संयन्त्रको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपील समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै बैठकले राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा निर्वाचनमा आगामी माघ १२ गते हुँदैछ । त्यसैगरी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको शुभकामना दिएको छ ।
बैठकले दुई देश बीचको सम्बन्ध सुधार र सुदृढ हुने विश्वास गरेका कार्कीले बताए । प्रधानमन्त्री देउवा ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन यही पुस २५ गते भारत जाँदै छन् । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनबाट समितिका नेताहरू सहभागीता रहेको थियो ।

