नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र तीन हजार ५५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १३ हजार ४४७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ । जसमा ५ हजार ६९ जना होम आइसोलेसनमा छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७९ संक्रमित आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट ९६ हजार ४४५ जना पुगेको छ ।