नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शितल निवासमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री देउवाले सरकारका नियमित काम कारबाहीबारे जानकारी गराएको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ डा टीका ढकालले जानकारी दिए।
प्रधानमन्त्री र राष्ट्रपतिबीच राष्ट्रिय सभाको निर्वाचन, संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको संसद् अवरोधलगायतका विषयमा कुराकानी भएको बताइएको छ।
आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बनेका हुन्। भारतमा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेपछि देउवाको भारत भ्रमण पनि रद्द भएको हो।
प्रधानमन्त्री देउवाले संसद् अवरोध खुलाउने विषयमा कुरा गर्न एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने भएका छन्।

