नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।

नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सङ्ग्रहालयको करिब १० रोपनी जग्गा रेस्टुरेन्टका लागि बतास समूहको बी म्यानेजमेन्टलाई मासिक दुई लाख २१ हजार रुपियाँ भाडामा लगाएको सार्वजनिक भएपछि छानबिन सुरु भएको हो ।
त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट छानबिन सुरु जनाइएको छ ।
