राप्रपाबाट अलग हुन सक्छुः कमल थापा

राप्रपा पूर्व अध्यक्ष कमल थापाले आफू पार्टीबाट अलग हुन सक्ने बताएका छन् । उनले विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा विभाजन भने नगर्ने बताए ।

सामाजिक सञ्जालमार्फत उनले विगतमा राजसंस्थाको एजेण्डा बोक्दा आफूलाई सत्तोसराप गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा खेदो खनिरहेको गुनासो गरेका छन् । उनले यसप्रति कटाक्ष गर्दै भनेका छन्, ‘हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन।’



उनले अगाडि भनेका छन्, ‘म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन। राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पीडा त्यही हो। यो प्रसंगलाई हारजीतसंग जोडेर हेर्नेहरूले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।’

सम्बन्धित समाचार