बतासले संरचना नभत्काए, म आफैं गएर भत्काउछु : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बनाएको भौतिक संरचना हटाउन निर्देशन दिएका छन् । उनले आगामी आइतबार १२ बजेभित्र संरचना हटाउन निर्देशन दिएका हुन्

हिजो (बिहीबार)मन्त्री आलेले बतास अर्गनाइजेसनलाई आगामी आइतबार १२ बजेभित्र ती संरचना हटाउन निर्देशन दिएका हुन् । यदि बतासले संरचना नहटाए मन्त्री आले आफैंले भत्काउने चेतावनी पनि दिएका छन् । मन्त्री आलेले भने, ‘मैले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन बतास समूहलाई निर्देशन दिइसकेको छु । यदि आगामी आइतबार १२ बजेसम्म पनि बतासले ती संरचना हटाएन भने म आफैं पुगेर हटाउँछु। ‘



यसअघि मन्त्री आलेले बिहीबारनै नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने विवादित विषयमा छानबिन गर्न समिति गठन गरेका छन् । मन्त्री आलेले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेका छन् । समितिमा लुइँटेलसहित मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । त्यस्तै समितिलाई तीन दिनभित्र सबै विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

 

 

 

सम्बन्धित समाचार