लिभिङ टुगेदरमा बस्दै आएका युवा-युवती मृत भेटिए

काठमाडौं महानगरपालिका-६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका खोटाङ शाक्ला गाउँपालिका-५ घर भएकी २२ वर्षीया युसिना राई गएराति मृत अवस्थामा फेला परेकी छन् भने घाइते अवस्थामा फेला परेका उनीसँगै बस्ने संखुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले युसिनाको शव फेला पारेको तथा घाइते अनिषलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चाबहिल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । युसिनाको हत्या धारिलो हतियारबाट भएको अनुसन्धानबाट खुलेको छ । अनिषले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको



महानगरीय अपराध महाशाखा मिनभवन र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार