राष्ट्रिय सभाको बैठक स्थगित (सूचनासहित)

अर्को बैठक पुस २७ गते बस्ने

पुस २५ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज (शुक्रबार) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

संसद्को सचिवालयले राष्ट्रिय सभाको अर्को बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजे बस्ने जनाएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक पुस २७ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।



आइतबारका लागि बोलाइएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै संसद्को सचिवालयले पुस २२ गतेका लागि बोलाइएको बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अब प्रतिनिधिसभाको बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने छ

सूचना :

सूचना

सम्बन्धित समाचार