थप ६ सहसचिवको सरुवा, को कहाँ पुगे ?

संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले शुक्रबार साँझ सरुवा गर्ने निर्णय गरेका हुन्। जसअनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालय वा यसअन्तर्गतको निकाय सरुवा भएका छन्।

संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव राम आधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई वन मन्त्रालय सरुवा गरिएको छ। यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डमा सरुवा गरिएको छ।



उता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीलाई गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरुवा गरिएको छ।

सम्बन्धित समाचार