नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।
दाङ घोराहीको स्वर्गद्वारी सिनेमा हल, महेन्द्रनगर लब कुस सिनेमा हल, बुटवलको भिउ सिनेमा लगायत केही हलहरुमा आज देखि चलचित्र चुरीफुरी लागिरहेको छ। काठमाडौं उपत्यकाको गुन सिनेमा, अष्ट नारायण लगायत केही हलहरुमा तेस्रो हप्तामा लागिरहेको छ।
हिन्दी र अङ्ग्रेजी सिनेमाले गर्दा अघिल्लो साता केही हल कम पाएको चुरीएफुरीले दर्शकको माउथ पब्लिसिटी राम्रो भएको कारण चलचित्रको माग गरेको र कतिपय हलहरुमा फेरि चुरीफुरीको माग गरेका छन् ।
चलचित्रका निर्देशक ऋषिराज आचार्यले भने -‘चलचित्र जति दर्शकले हेर्नुभएको छ एकदमै मन पराउनु भएको छ। चुरीफुरीमा आफ्नै भोगाइ देख्न सक्ने र कमेडिएन हरुका हरेक दृश्यले हसाइरहन सफल भएकोले फेरि दोहोर्याएर हेरर्ने दर्शक हरु बढीरहेका छन। यो प्रक्रियाले पहिला चुरीफुरी लागिसकेका हलहरुमा पनि चुरीफुरी पुनः लाग्ने विश्वास छ ।’