नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानी गर्दै नेता कोइरालाले कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताए ।
सभापति शेर बहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताए । सभापति यसरी नै हिड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताए ।
एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीको बारे फैलिएको त्रास चिर्न संसद मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्न तर्फ कांग्रेस र एमाले दुवै लाग्नु पर्ने बताए ।

