भारतमा एकैदिन थपिए झण्डै डेढ लाख कोरोना संक्रमित

विगत २४ घन्टामा भारतमा १ लाख ४२ हजार कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा कोरोनाका कारण २५८ जनाको मृत्यु भएसँगै भारतमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ लाख ८३ नाघेको छ ।

यसैगरि विश्वभर कोभिड १९ बाट संक्रमितको संख्या ३० करोड नाघेको छ । विगतमा ५ महिनामा पछिल्लो १० करोड संक्रमित थपिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।



यससँगै कोभिड १९ विरुद्धको खोप वितरणमा समेत असमानता देखिएको छ । विश्वभर ६० प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको खोप लगाएपनि यसमध्ये तीन चौथाई खोप धनी मुलुकमा मात्र लगाइएको छ ।

भारतमा कोरोनाकाे तेस्रो लहर चल्दै गर्दा खुल्ला सीमाका कारण नेपालमा त्रास फैलिएको छ । नेपालमा पनि संक्रमणदर बढ्न थालेपनि सरकारले आवस्यक सतर्कता नअपनाएको भन्दै विज्ञहरुले आलोचना गर्ने गरेका छन् ।

सम्बन्धित समाचार