नगर प्रमुखद्वारा बाटो उद्घाटन

एकीकृत नमुना टोल विकास समितिको पहलमा बुढानिलकण्ठ नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सम्पन्न ढलान बाटोको बुढानिलकण्ठ नगरपलिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलबाट उद्घाटन सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष नवीन केसीले एकीकृत नमुना टोल विकास समितिले गरेको उल्लेखनीय कामकोमा प्रसंशा गर्दै वडा नं. ६ र ४ मा पर्ने बाटोको चाँडोभन्दा चाँडो काम सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।



नगर प्रमुख खरेलले इटालिटारको बाटो चौडा गर्ने काम पनि अघि बढिसकेको जानकारी गराउँदैै काडेल कन्स्ट्रक्सनले दसैंअघिदेखि लुडे खोलाको पुल निर्माणकार्यमा लापरबाही गरेकाले खबरदारी गरी पुल निर्माण कार्यलाई सुचारु गर्ने पनि जानकारी गराए ।

सम्बन्धित समाचार