नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।
लागूऔषध प्रकरणमा पक्राउ परेका र्यापर आशिष राना ‘लाउरे’को हिरासत बसाइ थप लम्बिएको छ । उनीसहित पक्राउ परेका चार जनालाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
अदालतले यसअघि आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको थियो । लाउरे पुस १६ गते प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ परेका थिए । लागूऔषध ब्राउन सुगर खरिद गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजनका जज समेत हुन् ।
अहिले रोडिजको चौंथो सिजन प्रसारण भैरहेको छ । सुटिङ यसअघि नै भैसकेकाले दर्शकले उनलाई जजकै रुपमा हेर्न पाउनेछन् ।