प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

भारतमा उपचार गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किँदै छन्। पुस १८ गतेदेखि घर बिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन्। उनको भारतीय सेनाको अस्पताल आरएण्डआर मा उपचार भएको हो।

सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मालाई मिर्गौलामा पत्थरीको समस्या थियो। उनले यसअघि सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराएका थिए। तर, केही समस्या देखिएपछि उनले भारतमा उपचार गराउने निर्णय गरेका थिए।



सरकारले १४ पुसको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रधानसेनापति शर्मालाई १८ पुसदेखि ३० सम्म बिदा दिने र यसबीच कामु प्रधानसेनापतिको जिम्मा रथी बालकृष्ण कार्कीलाई दिने निर्णय गरेको थियो।

सम्बन्धित समाचार