नारायणहिटी जग्गा प्रकरण : कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

दाहालको राजीनामा स्वीकृत

नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । आज (मंगलबार) उनले पदबाट राजीनामा दिएका हुन् ।

दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए । त्यस्तै उनको राजीनामा स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । । बतास समूहले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का पाएपछि दाहाल विवादमा मुछिएका थिए ।



नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार