नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।
नेपालमा आज(बुधबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार रहेकोमा मंगलबार रु ९१ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा मंगलबार प्रतितोला रु ९१ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै रु एक हजार २३५ कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।