मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-९ नयाँबस्तीस्थित सडकको पेटीमा सोही नगरपालिका-५ डेरा गरी बस्ने रामेछाप घर भएका ४० वर्षीय काजी राम बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सुनसरी, गढी गाउँपालिका-६ मझौ बस्ने ४० वर्षीय रामलाल उराव सोही ठाउँस्थित नहरको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार घरबाट निस्किएका उनी फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त नहरमा उनको शव फेला परेको हो । यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका-१९ मौलिया बस्ने २४ वर्षीया सुनिता साह आफ्नै कोठामा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।



त्यसैगरी धनुषा, सबैला नगरपालिका-९ भठियनस्थित जग्गामा पाल टाँगी बसेका भारत बेगु सराइ सागी चोक बस्ने ६७ वर्षीय महमद मोईम बन्जारा पालभित्रै मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कास्की, पोखरा महानगरपालिका-१७ सितापाईलास्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५८ वर्षीया सेती राना मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका-११ मगरघाट पुलबाट रंगशाला जाने सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार