नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रशंशा गरेका छन् । बुधबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा एक ट्विट गर्दै उनले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रशंशा गरेका हुन् ।
पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको आलोचना गर्दै आएका थापाले हिजो भने सकारात्मक रुपमा प्रस्तुत भएका हुन् । त्यस्तै थापाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणमा पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको बताएका छन् । यस्तै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थित भने ठिक लागेन भन्दै टिप्पणी गरेका छन् ।
कमल थापाले ट्विटरमा लेखेका छन्, ‘पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरिनु,नेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय छ।यो परम्परा निरन्तर कायम रहोस्।राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको छ।आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो।प्रमको अनुपस्थिति ठिक लागेन ।’
कमल थापाको ट्विट
