नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले ललिता निवाससम्बन्धी जग्गा मुद्दालाई फासफुस पार्ने चाल त होइन भनि प्रश्न गरेका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
रावलले प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? भन्दै प्रश्न गरेका हुन् । त्यस्तै उनले सरकार र सरकारी वकिलले के–केमा नपुगेको ? खुलस्त पार्नुपर्ने भन्दै टिप्पणी गरेका छन् ।
रावलले ट्विटरमा लेखेका छन् , ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’
रावलको ट्विट
