नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० रहेकोमा बुधबार रु ९२ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहेकामा बुधबार प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै रु एक हजार २५५ कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।