पहिरो जाँदा ३ जना बेपत्ता, डोजर पनि पुरियो

धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा जाँदा तीन जनाको बेपत्ता भएका छन् । आज (बिहीबार) बाटो खन्ने क्रममा तीन जना बेपत्ता भएका हुन् ।

त्यस्तै पहिरोका कारण डोजर पनि पुरिएको छ । बेपत्ता हुनेहरुमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्र्याक खोल्ने क्रममा पहिरो खसेको हो ।



त्यस्तै सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल पुगेको छ । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा रहेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली घतान्स्थल प्रस्तान गरेका छन् ।

सम्बन्धित समाचार