प्रधामन्त्री देउवाको पुनः पीसीआर परीक्षण, के आयो रिपोर्ट

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। प्रधामन्त्री देउवाको विहीबार दिउँसो पुनः पीसीआर परीक्षण गरिएको थियो।

उक्त पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।



कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनी आइसोलेसनमा थिए। आइसोलेसनमा रहेका देउवालाई कुनै लक्षणहरु भने थिएनन्।

सम्बन्धित समाचार