देउवा नेतृत्वको सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन भएको एमालेको आरोप

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन बनेको टिप्पणी गरेका छन् । नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकाले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताए । भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको पनि बताए ।

उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएकोपनि आरोप पनि लगाए । साक्षात्कारमा सहभागी कांग्रेस नेता रामहरि खतिवडाले भने देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे । सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको उनको भनाइ छ ।

त्यस्तै सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचाउनका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

सम्बन्धित समाचार