नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको बताएका हुन् ।
उनले कोभिडको तेस्रो लहरबाट आफू अछुतो रहन नसकेको जनाएका छन् । उनले फेसबुकमा भनेका छन् ,‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो ।’
पछिल्लो समय कोरोना बढिरहेको छ । विभिन्न नेताहरुलाई पनि कोरोना लागेसँगै उनीहरु अहिले आइसोलेसनमा बसिरहेका छन् ।
महासचिव शंकर पोखरेलको स्टाटस
‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो ।’
