नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
प्रशान्त महासागरमा भएको ज्वालामुखी विस्फोटले जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन्। ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्।
जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ ।यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बताइन्छ ।
यता रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।