बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्रीले अवलोकन गर्दै

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् ।

पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको अवलोकन गर्न मन्त्री आले बिहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।



धर्मशालामा बतासले होटल सञ्चालन गरेकोबारे अध्ययन गर्न मन्त्रालयले एक छानविन समिति बनाइसकेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

सम्बन्धित समाचार