
नेपाली टोली अफगानिस्तानको लागि मानवीय सहायता सामग्री सामग्री बोकेर काबुल प्रस्थान गरेको छ । आज (आइतबार) बिहान परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानबाट लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता बोकेर लाबोल प्रस्तान गरेको हो ।
नेपालले अफगानिस्तानमा झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ गएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए । त्यस्तै उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेवारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको जानकरी दिए ।
आज त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले औषधिजन्य सामग्रीसँगै, लत्ताकपडा र घरायसी सामग्री राहत स्वरुप अफगानिस्तान पठाइएको बताए । त्यस्तै मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने बताए ।
सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली जनताका तर्फबाट आफगान जनतालाई पठाउन लागिएको हो । नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिए ।
मन्त्री खड्काले अफनानिस्तानको पछिल्लोे समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषद्मार्फत यो अभियान अघि बढेको जानकारी गराए । टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगी व्यापार संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत रहेका छन् ।
