लिपुलेक विवादबारे भारतले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको छ । हिजो (शनिबार) भारतीय राजदूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ विज्ञप्तिमा भनिएको छ । भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे काठमाडौँ स्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् विज्ञप्तिमा भनिएको छ ।



भारतीय प्रधानमन्त्री मोदीले केहीदिनअघि भारतको उत्तराखण्ड राज्य हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार