मृत अवस्थामा ९ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । सिरहा, गोलबजार नगरपालिका-३ स्थित नमुना वस्ती बस्ने धनुषा गोदार घर भएकी मागी खाई हिँड्ने ४० वर्षीया कीडन्डा बाली भन्ने हिरा देवी सदाय आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका-११ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-४ घर भएकी ५० वर्षीया सुमीत्रा सुनार सोही ठाउँस्थित तिनाउ खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै ललितपुर, बालकुमारी भोलढोका बस्ने काठमाडौं नैकाप घर भएका ६२ वर्षीय निर्मल थापा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहान मर्निङ वाक्‌मा निस्किएकोमा सडकमै उनको शव फेला परेको हो ।



त्यसैगरी नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । यता नुवाकोट, पञ्चकन्या गाउँपालिका-१ सिमरा बस्ने ५० वर्षीय टुलबुले मिजार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापा, दमक नगरपालिका-७ रेडक्रस भवन अगाडिको बाटोमा सोही नगरपालिका-७ पशुहाटमा डेरा गरी बस्ने मोरङ रतुवामाई नगरपालिका-७ सिजुवा घर भएका ४० वर्षीय विष्णु सहनी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजार सौगल डेरा गरी बस्ने उदयपुर घर भएकी ३२ वर्षीया सरस्वती मगर आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यता डोटी, आदर्श गाउँपालिका-६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कैलाली, टिकापुर नगरपालिका-८ चौगुर्दीस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार