स्रोत नखुलेको रकमसहित पक्राउ

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । महोत्तरी, मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका-३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार