नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।
विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् ।
योसँगै विश्वमा ३२ करोड ८६ लाख ७७ हजार ७०८ जना कोरोनाबाट सङ्क्रमित भएको वल्डो मिटरसले उल्लेख गरेको छ । त्यस्तै विश्वमा एकै दिन तीन हजार ९९९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५५ लाख ५७ हजार ६०५ पुगेको छ ।
त्यस्तै कोरोना भाइरसबाट अति प्रभावित विश्वका दश ओटा देशका जनवरी १७ सम्मको कूल सङ्क्रमितको तथ्याङ्क यस प्रकार रहेको छ ।
देश सङ्क्रमित
अमेरिका छ करोड ५६ लाख ९९ हजार ९४७
भारत तीन करोड ७१ लाख २२ हजार १६४
ब्राजिल दुई करोड ३० लाख १५ हजार १२८
बेलायत एक करोड ५३ लाख १६ हजार ५४२
फ्रान्स एक करोड ४२ लाख ८३ हजार ५१४
रुस एक करोड ६ लाख २१ हजार ४१०
टर्की एक करोड ४ लाख ५९ हजार ९४
इटाली ८७ लाख ६ हजार ९१५
स्पेन ८० लाख ९३ हजार ३६