
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-१ रौटेलास्थित बैजनाथ मन्दिर नजिक कुटियामा बस्दै आएकी ८५ वर्षीया केशवी गिरी उक्त कुटियाभित्र सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै सुनसरी, इनरुवा नगरपालिका-६ स्थित नहरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी रौतहट, चन्द्रनिगापुर नगरपालिका-८ मर्दर बस्ने ५७ वर्षीय युवराज गिरि आफ्नै घरमा सुतिरहेकोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी भोजपुर, भोजपुर नगरपालिका-४ बस्ने ६० वर्षीय कृष्ण प्रधान सोही ठाउँस्थित सेरा खोला र पिखुवा खोलाको दोभानमा सोमबार मृत अवस्थामा फेला परेका छन् । डाँडामा घाँस काट्न गएकोमा घर नफर्किएपछि खोजी गर्नेक्रममा उक्त दोभानको पानीमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
