कोरोना संक्रमण जोखिम बढेसँगै मनकामना मन्दिर प्रवेशमा रोक

कोरोना संक्रमण जोखिम बढेसँगै गोरखाको मनकामना मन्दिरमा नित्य पूजामात्र हुने भएको छ। मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइने भएको हो। देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो।

संक्रमण जोखिम बढेपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए। समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए।

सर्वसाधारणका लागि माघ मसान्तसम्म मन्दिरमा पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले बताए। मनकामनामा अहिले दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए।

सम्बन्धित समाचार