नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
नेपालमा आज (बुधबार) सुनको मूल्य १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहेकोमा मंगलबार रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहेकामा मंगलबार प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा ३० रुपैयाँ बढ्दै रु एक हजार २८५ कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार २५५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।