स्रोत नखुलेको नगदसहित जयसवाल पक्राउ

रौतहट, बौधीमाई नगरपालिका-७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँ सहित भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

सम्बन्धित समाचार