किन गइन् हिमानी अमेरिका ?

पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी पुगेकी हुन् । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदैछ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका गएकी हुन् ।



हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका पुगेकी हुन् ।

सम्बन्धित समाचार