पश्चिमी वायुको प्रभाव बढ्यो, फेरि वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ। साथै मध्य र पूर्वी तराई क्षेत्रमा कुहिरो लागेको छ।

बुलेटिनअनुसार आज राति सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। यस्तै बिहीबार दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनीमा भनिएको छ । देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनाका साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित समाचार