मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । धनुषा, धनुषाधाम नगरपालिका-६ मालटोलस्थित आँपको बगैचामा हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै दाङ, राजपुर गाउँपालिका-७ गल्छिस्थित राप्ती नदीको किनारमा तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय डम्मर बहादुर खड्का बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गुल्मी, रुरुक्षेत्र गाउँपालिका-२ स्थित बेसिका चौर सामुदायिक वनमा सोही ठाउँ बस्ने ४८ वर्षीय सूर्य बहादुर सुनार बुधबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी पर्सा, जिराभवानी गाउँपालिका-१ स्थित जिराभवानी मन्दिरमा पुजापाठ गर्ने पुजारी भारत ईलहावाद घर भएका ६० वर्षीय भगवत्ती प्रसाद भन्ने नन्देबाबा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ तिलौराकोट साझेदारी बनको कार्यालय नजिक सोही नगरपालिका-२ गोरुसिङे बस्ने ६० वर्षीया फुलमती बिक बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु बस्ने २० वर्षीय सुरज थापा आफ्नै घरमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार