कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सरकारले लुकाएको हो ?

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढ्दै गएको छ। कोरोना संक्रमितको संख्या मंगलबार १० हजार २ सय ५८ जना थियो भने आज बुधबार ११ हजार ३ सय ५२ जना संक्रमित भए।

संक्रमित बढेसँगै केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ तर सरकारले कोरोनाबाट भएको मृतकको संख्या थोरै देखाएको आशंका व्यक्त गर्न थालिएको छ। यसअघिको कोरोना महामारीमा पनि नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाबाट मृत्यु भएकाको तथ्यांकमा फरक परेको थियो।

मन्त्रालयको कोरोनासम्बन्धी विवरणमा ५ दिनमा १५ जनाको मात्र कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख छ। तर यो अवधिमा पशुपतिनाथस्थित आर्यघाटमा कम्तिमा पनि १८ वटा शव जलाइएको छ। यो तथ्यांक काठमाडौं उपत्यकाको मात्र हो। देशभरिको तथ्यांक आउने हो भने कोरोनाबाट योभन्दा निकै बढीको मृत्यु भएको आँकलन जोसुकैले गर्न सक्छ।

विद्युत शवदाह गृहका कर्मचारी सुवास कार्कीले २र३ दिनयता कोभिड संक्रमितको शव आउने क्रम बढेको बताए। ‘संक्रमित पनि बढे, मृतक पनि बढिरहेका छन्। सेनाले शव ल्याउने क्रम जारी छ, किन कम देखाएको हो, त्यो चाहिँ थाहा भएन’, उनले भने।

सम्बन्धित समाचार