यी हुन् कोरोनाको ‘रेड जोन’मा परेका नेपालका १४ जिल्ला

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो।

देशभर १४ वटा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनमा राखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा,धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन,काभ्रे, मकवानपुर,बाँके, कास्की, रुपन्देही र कैलाली रहेका छन्।

दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन्। शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार